प्रचण्ड, नेपाल र खनालविरुद्ध उच्च निगरानी सुरु

५ बर्ष अगाडि

काठमाडौं- नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल साथै झलनाथ खनालविरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च निगरानी सुरु गरेको छ ।

श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनुसन्धान विभागले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्न निर्देशन दिएको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार सादा पोसाकमा परिचालित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर खटिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया