काठमाडौं-सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि (सोमबार) बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे अकामा होटल काठमाडौंमा गरिने भएको छ ।
प्रतिक्रिया