कारोबारको पहिलो घण्टा : नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्बमाथि

५ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) मा कारोबारको पहिलो घण्टामा नै दोहोरो अंकको गिरावट आएको छ ।

आज ११ बजेबाट सुरु भएको कारोबार १२ बजेसम्म आउँदा १६.४० अंकले घटेर २०२२.२३ को बिन्दुमा पुगेको छ । एक घण्टाको अवधिमा नेप्से परिसुचक ०.८० प्रतिशतले घटेको हो ।

कारोबारमा आएका १२ उपसमुहमध्ये दुई उपसमुह भने बढेका छन् ।

एक घण्टाको अवधिमा  कारोबारमा आएका १८८ कम्पनिको १७  लाख २ हजार ८६५ कित्ता शेयर १० हजार ४९७ पटक खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया