काठमाडौं, गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण प्रस्ताव गरेको छ । पुस १० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछ ।
प्रतिक्रिया