ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीको अध्यक्षमा शालिकराम पन्थी निर्वाचित भएका छन् । । सहकारीको हालै सम्पन्न २७ औं साधारण सभा तथा अधिवेशनले पन्थी अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा माधवराज पन्थी, सचिवमा ठाकुरप्रसाद पन्थी, कोषाध्यक्षमा फर्सुराम पन्थी सदस्यमा बसन्ता पन्थी, बालकृष्ण पन्थी र पुष्पा पन्थी निर्वाचित भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रकाश मरासिनी, सदस्यमा लालप्रसाद पाण्डे र लोकनाथ पन्थी निर्वाचित भएका छन ्भने ऋण उपसमिति सदस्यमा विष्णुप्रसाद पन्थी र धनबहादुर थापा निर्वाचित भएका छन् । साधारण सभाले शिक्षा उपसमिति सदस्यमा धर्मराज मरासिनी, लिलबहादुर थापा, बाबुराम पन्थी र दधिराम पाण्डे निर्वाचित गरको छ ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन उपसमिति संयोजक श्री टंकप्रसाद पन्थीले पद तथा गोपनिताको शपथ ग्रहण गराए ।
सहकारीले ज्येष्ठ नागरिक सम्मान अन्तर्गत ७० वर्ष उमेर पुरा भएका ६ जना जेष्ठ सदस्य हिमलाल पन्थी, मनमाया पन्थी, मनकली मरासिनी, पुनकला पाण्डे, मेनुका पाण्डे, टिकी थापालाई सम्मान गरेको छ । साथै उत्कृष्ट शेयर सदस्यमा बिमला पाण्डे, उत्कृष्ट बचतकर्तामा तारा पुन, उत्कृष्ट ऋणीमा पशुपती पाण्डे सम्मानित भएका छन् ।
२०७६ सालको एस ईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरी र बालबचत कर्ता सामुदायिक विद्यालयबाट १ छात्रा र १ छात्र गरी २ जना र निजी विद्यालयबाट १ छात्रा र १ छात्र गरी जम्मा ४ विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । जसमा मुमप्रसाद पन्थीका छोरा निरोज पन्थी, अमृता पाण्डेकी छोरी करुणा पाण्डे, परशुराम पन्थीकी छोरी प्रभा पन्थी र रमा पन्थी मरासिनीका छोरा रवि मरासिनीलाई प्रमाणपत्र खादा र नगद पुरस्कार बाट सम्मान गरिएको थियो ।
कोभिड १९ का कारण पुस १ गते देखि ७ गते सम्म साधारण सभामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया