इलेक्ट्राको एन्टी ब्याक्टेरियल अमोर स्विच र राइनो एफआरएलएस वायर सार्वजनिक

४ बर्ष अगाडि

विराटनगरमा उद्योग रहेको इलेक्ट्रा इलेक्ट्रिकले आफनो  पाँचौं वार्षिकोत्सव अवसरमा नयाँ उत्पादन एन्टी ब्याक्टेरियल अमोर स्विच र राइनो एफआरएलएस वायर सार्वजनिक गरेको छ ।

कम्पनीका अध्यक्ष सत्यनारायण अग्रवाल, विराटनगर महानगर प्रमुख भीम पराजुली र नायिका केकी अधिकारीले कम्पनीका नयाँ उत्पादन सार्वजनिक गरेका हुृन्  ।

कम्पनीले सार्वजनिक गरेको राइनो एफआरएलएस वायरमा आगो नफैलिने र तारमा आगो लागे हानिकारक विषालु धुवाँ फैलिँदैन । 

कम्पनीका अनुसार अमोर स्विच नेपालकै पहिलो र एक मात्र एन्टी ब्याक्टेरियल रहेको र ९९.९९ प्रतिशत भाइरसबाट सुरक्षित रहेको कम्पनीको दाबी छ । कोरोना भाइरस संक्रमणले सबैलाई आक्रान्त बनाएका बेला उपभोक्तालाई सुरक्षित राख्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीका प्रबन्धक गोपाल अग्रवालले जानकारी दिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया