काठमाडौं, मुक्तिनाथ विकास बैंक र सानिमा माइ हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुबै कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि अ(सोमबार) बुकक्लोज गर्दैछ।
मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजीको ११.२५ प्रतिशतका दरले बोनस शेयर र ४.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २५ गते चौधौँ वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ ।। बैंकको सो सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटमा बिहान ११ बजे शुरु हुनेछ।
यस्तै सानिमा माइले ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते साधारण सभा आह्वान गरेको छ ।
प्रतिक्रिया