नेप्सेमा आशा लघुवित्त र  सिनर्जी पावरको शेयरमुल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ।  नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सिनर्जी पावरको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजन पश्चात आशा लघुवित्तको शेयरमूल्य ८७० रुपैयाँ कायम भएको छ। त्यसैगरी,  सिनर्जीको शेयरमूल्य २०७ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा यी दुबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो।

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा चौथो वार्षिक साधारण सभा बोलाएको छ भने सिनर्जीले पुस २२ गते आफ्नो रजिष्टर्ड कार्यालय, नक्सालमा १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया