निकट भविष्यमा परिवर्तन हुँदै जुम

४ बर्ष अगाडि

काठमाडौं- जूमले अब आफ्नो सेवालाई भिडियो कन्फ्रेन्सिङदेखि ईमेल र क्यालेण्डर सेवामा विस्तार गर्ने बताएको छ । 

कम्पनीले आफ्नो ईमेल वेब सर्भिसमा काम गर्न सुरु गरिसकेको छ र अर्को वर्ष यसको परीक्षण गर्ने बताएको छ ।

जूमले वार्षिक रुपमा ३५ अर्ब मिनेटभन्दा धेरै समयको मिटिङ सपोर्ट गर्दछ । जूममा दैनिक ३० करोडभन्दा धेरै मिटिङ सहभागीहरु उपस्थित हुने गरेका छन् । 

यो गुगल मिटको १० अर्ब मिनेटको वार्षिक भिडियो कन्फ्रेन्सिङ कल भन्दा तीन गुणा धेरै हो । 

जूम मिटिङलाई व्यवस्थापन गर्न क्यालेण्डरको आवश्यकता पर्छ । हालसम्म यसका लागि हामीले आउटलुक र गुगल क्यालेण्डरको प्रयोग गरिरहेका छौं । 

तर अब निकट भविष्यमा यो परिवर्तन हुने अपेक्षा गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया