सांसद् लामाले अस्वीकार गरे ओली पक्षको केन्द्रीय सदस्य

५ बर्ष अगाडि

काठमाडौं- हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको लामाले जानकारी गराएका छन् ।
 
उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका पछि नलाग्न र भ्रममा नपर्न सवै पार्टी नेता कार्यकर्ता र हुम्लावासीलाई आग्रह गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया