संसद् विघटनको विरोधमा सोमबार देशभर प्रदर्शन, सहभागी हुन देउवाको अपिल

५ बर्ष अगाडि

काठमाडौं-  संसद् विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार देशभर हुने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्। 

शनिबार सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपीशर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका हुन्।

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएकोसमेत देउवाले प्रष्ट पारेका छन्। 

उनले सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आह्वान गरेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया