ओली पक्षले लगाए ताला, प्रचण्ड-माधव पक्षले फोडे

५ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चितवन पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् ।

ओली पक्षका कार्यकर्ताले भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा शनिबार बिहान ताला लगाएका थिए । 

उक्त ताला केही घण्टामा नै प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाइएको छ । साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । 

चितवन जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया