स्वदेशीसँग एनआईसीको अन्तिम सम्झौता, छिट्टै कारोबार सुरु हुने

५ बर्ष अगाडि

एनआईसी एशिया लघुवित्तले स्वदेशी लघुवित्तलाई गाभ्ने अन्तिम सम्झौता भएको छ ।

यी दुई कम्पनीको पौष १० गते हिजो गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

यस अघि दुई संस्थाबीच मिति गत श्रावण ३२ गते गाभ्ने ÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

हिजो भएको अन्तिम सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भइसकेकाले अब छिट्टै सम्पूर्ण कार्य सम्पन्न गरी  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु हुने बताइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया