प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप गर्ने मन्त्रीको सूची थपिएको छ । दिउँसोसम्म नयाँबन्ने ६ जना मन्त्रीको नाम सार्वजनिक भएकोमा बेलुका ८ जनालाई थपेर मन्त्रिपरिषद विस्तार गर्न लागिएको बालुवाटार स्रोतले बताएको छ ।
विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादीका ५ जना र एमालेतर्फबाट ३ जना मन्त्री बन्ने तयारी छ ।
पूर्व माओवादीबाट मन्त्री बन्नेहरुमा टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा छन् ।
त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार स्रोतले जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार रायमाझी उर्जा, शाह श्रम, थापा पर्यटन, चौधरी शिक्षा, लामा खानेपानीमन्त्री बन्ने निश्चित भएको छ । विक, आले र ठगुन्नाको भने मन्त्रालय टुंगो लागि नसकेको बताइएको छ ।
नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा सपथ हुने बताइएको छ । त्यसपछि उनीहरु आजै बस्ने मन्त्रिपरिषद बैठकमा सहभागी हुनेछन् । नयाँ मन्त्रीहरुलाई पनि मन्त्रिपरिषदमा सहभागी गराउनका लागि प्रधानमन्त्री ओलीले बेलुका ६ बजेका लागि बोलाएको बैठक २ घण्टा पछि सारेका छन् ।
प्रतिक्रिया