अनेरास्ववियूका संयोजक महरलाई सहसंयोजक तामाङद्धारा कारवाहीको सिफारिस

५ बर्ष अगाडि

काठमाडौं- नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐनसिंह महरलाई सहसंयोजक रञ्जित तामाङले कारवाहीको सिफारिस गरेका छन् ।

ओली पक्षमा लागेको भन्दै महरलाई तामाङले कारवाहीको सिफारिस गरेका हुन् । महर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेकाले उनलाई कारवहीको सिफारिस गरिएको तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कोभिड-१९ विरुद्धको स्वास्थ्य सामाग्रीमा भएको भष्ट्राचार, यति र ओम्नीको नाममा भएको भ्रष्टाचार, वालुवाटार जग्गामा भएको भष्ट्राचार र सेक्युरिटी प्रिन्टिङ् प्रेसमा भएका भष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अनेरास्ववियूको  दायित्वलाई पूर्ण रुपमा महरले लत्याएर  तिनको ढाल वनेर प्रस्तुत भएको पनि तामाङ पक्षले बताएको छ । 

अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको वहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको र उक्त कार्वाहीलाई अनुमोदन गर्न पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष शिफारिश गरिएको अनेरास्ववियु तामाङ पक्षले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया