एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर

५ बर्ष अगाडि

काठमाडौँ- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

आज एक समारोहका बीच अन्तिम सम्झौतापत्रमाहस्ताक्षर सम्पन्न भएको हो। मर्जर हुने यी दुवै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरू हुन् ।   

यी दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा श्रावण ३२ गते हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको थियो । 

सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोशीले हस्ताक्षर गरेका हुन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया