सर्वोच्चलाई जनमतको ख्याल गर्न योगेश भट्टराई आग्रह

५ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै भट्टराईले छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री आफ्नो पक्षको हुने बताएका छन् ।

आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा आफूहरुले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नाछाड्ने बताएका छन् ।

भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह पनि गरेका छन् । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।

भट्टराईले प्रतिनिधिसभा विघटनको विषयमा निर्णय लिँदा संविधान र कानुनको साथसाथै जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

साथै उनले हसिया हथौडाको झण्डा, र सूर्य चिह्नको झण्डा आफूहरुको रहेको भन्दै यसलाई तलमाथि नगर्न आग्रह गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया