प्रदेश १ का मुख्यमन्त्री विरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता हुने संकेत

५ बर्ष अगाडि

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता हुने संकेत देखिएको छ । 

सत्तारुढ दलभित्रकै प्रचण्ड-माधव नेपाल पक्षीय सांसदहरूले अविश्वास प्रस्ताव दर्ताको तयारी थालेका छन् । 

प्रदेश १ का आन्तरिक मामिलामन्त्री इन्द्र आङ्बो (मौसम)ले अविश्वास प्रस्तावसहितका राजनीतिक विषयमा आन्तरिक छलफल भइरहेको बताए । 

आङ्बो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भए पनि बादल प्रधानमन्त्री केपी शर्मा ओली लाइनमा उभिएपछि उनले बादलको साथ छाडेका छन् । 

प्रनिधिसभा विघटनप्रति उनको लगातार असहमति प्रकट हुँदै आएको छ । उनीसहित प्रदेश १ का १४ जिल्लाका नेकपाका इञ्चार्ज र सहइञ्चार्जले बिहीबार मात्र विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको विघटनलाई कथित, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र नेपाली जनताप्रतिको घोर अपमान भनेका छन् । 

प्रदेश १ को प्रदेशसभामा ९३ जना सांसद छन् । यी मध्ये  नेकपाका ६७ जना सांसद छन् ।  तत्कालीन एमालेका ५१ र तत्कालीन माओवादी केन्द्रका १६ सांसद छन् । सरकारलाई बहुमत पुग्न ४७ सांसद आवश्यक पर्छ । प्रचण्ड र नेपाल पक्ष एकातर्फ हुँदा मुख्यमन्त्री शेरधन राईको पक्षमा अहिले १९ जनामात्र संसद बाँकी रहन्छन् । 

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया