काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्छ भन्नेमा पूर्ण विश्वास गरेको बताएका छन् । साथ अदालतप्रति भरोसा रहेको पनि बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’
तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको पनि उनले बताए । त्यस्तै आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको समेत उनले बताए ।
प्रतिक्रिया