नेशनल लाइफको ३२ औं साधारण सभा बस्दै, बुक क्लोज कहिले हुने ?

५ बर्ष अगाडि

काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्सले  ३२ औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनी संचालक समितिको पुस ९ गते बसेको बैठकले भर्चुअल माध्यमबाट माघ १५ गते बिहिबार बिहान १०ः३० बजे नेशनल लाइफ भवन केन्द्रिय कार्यायल लाजिम्पाट काठमाडौंमा साधारण सभा बोलाएको छ ।

साधारण सभाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३० करोड ८२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ६२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ १ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया