काठमाडौ, चिलिमे जलविद्युत् कम्पनीको साधारण सभा आगामी पुस १२ गते हुने भएको छ ।
कम्पनीले सभा रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बन्द रहने कम्पनीले बताएको छ ।
प्रतिक्रिया