काठमाडौं, आइएमएस ग्रुपको लगानीपछि इ–कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज हुने कम्पनीले जनाएको छ ।
स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउने (न्युनतम् अर्डर भ्यालु २५०० रुपैयाँ हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागु हुनेछ) कम्पनीले बताएको छ ।
यस्तै सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याक, नेपालभर निःशुल्क डेलिभरी , ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक, हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइने जसमा १००० रुपैयाँको सिमा हुने, र नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा ९न्यूनतम् अर्डर २००० रुपैयाँको हुनुपर्ने छ० हुने कम्पनीले जनाएको छ।
माच्छापुच्छे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जसमा ५०० को सिमा हुने, सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइने, हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउने लगायतका सुविधाहरु रहेको छ।
ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ। यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुनेछ ।
यसबाहेक, स्मार्टडोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीको सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन् एक्सप्रेस र रिवार्ड पोइन्टहरू सहित भुक्तानिको थुप्रै विकल्पहरू प्रस्तुत गरेका छौं । साथै, स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरुले आफ्नो मूल्य र स्टकहरु आफै अपडेट गर्न सक्नेछन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मूल्यवान ग्राहकहरुलाई आवश्यक परेको बेलामा हाम्रो ग्राहक सेवा केन्द्रले सेवा प्रदान गर्नेछन् । हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरूले सहज अनलाइन शपिंगको अनुभव गर्नेछन् ।’
प्रतिक्रिया