प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आज बाडँफाँड भएको छ ।
बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा आज विहान उक्त आइपीओ बाँडफाँड भएको हो ।
मंसिर २९ गतेदेखि बिक्री खुला भएको कम्पनीको आइपीओमा १० लाख ४४ हजार आवेदकले २ करोड ७७ लाख शेयरको लागि आवेदन दिएका थिए ।
१० लाख आवेदक मध्ये २ हजार १ सय ६९ जनाको आबेदन रद्द भएको छ भने ५ लाख ४० हजारले प्रभु लाइफको आइपी पाएका छन्।
त्यस्तै, ५ लाख ९ हजार ४७ आवेदकले भने प्रभु लाइफको आइपीओ पाएनन्।
कम्पनीले गत मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको को थियो ।
कम्पनीको कुल आईपीओमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । त्यो अनुसार बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणले पाएका हुन् ।
प्रतिक्रिया