काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्ष संसद विघटनविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरुले आजबाट सडक संघर्ष चर्काउने भएका हुन् ।
बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएका छन् । १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् ।
यसैगरी शुक्रबारै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् ।
प्रतिक्रिया