काठमाडौं शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चार कम्पनीको बोनस शेयरको मुल्य समायोजन गरेको छ । नेप्सेमा एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन गरिएको हो ।
नेप्सेले एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। ६८१ तोकेको छ भने प्रभु बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। ३४१, नेपाल बंगलादेश बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। २५० र आरएसडिसी लघुवित्तको ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। ५८१ तोकेको हो ।
एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्न पुस २७ गते केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
त्यस्तै, प्रभु बैंकले गत आवको मुनाफबाट १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश पारित गर्नका लागि पुस २६ गते केन्द्रिय कार्यालय बबरमहलमा बिहान ११ बजेबाट साधारण सभा गर्न कुरा जनाएको छ ।
नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया