नागरिक लगानी कोषको हकप्रद शेयरमा पुस २८ गतेबाट आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं, नागरिक लागानी कोषले निष्कासन गर्न लागेको चुक्तपूँजीको हकप्रद शेयरमा शेयरधनीहरुले पुस २८ गतेदेखि आवेदन दिन सक्ने भएका छन् । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि १ः०.८३ अनुपातको हकप्रद निष्कासन गरेको छ ।

कोषले  १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गर्न लागेको हो । सो हकप्रद निष्कासन बन्द माघ १९ गते बैंकिङ्ग समय पश्चात् हुनेछ । 

हाल कोषको चुक्तापूँजी रु। १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रहेको छ भने हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् कोषको चुक्तापूँजी ३ अर्ब पुग्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया