एनआईसी एशियाको स्वमित्वमा रहेको सूर्या र एशियन लाईफको संस्थापक समूहको शेयरमा आजबाट आवेदन खुल्ला

५ बर्ष अगाडि

काठमाडौं, एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको संस्थापक समूहको शेयरमा शुक्रबारबाट  शिलबन्दी बोलपत्र खुला भएको छ । गत मंसिर १४ गतेदेखि १९ गतेसम्म बोलपत्र आह्वान गरेकोमा नेपाल धितोपत्र बोर्डको पत्र बमोजिम आवेदन प्रक्रिया स्थगित गरी पुनःआजबाट  पुस १६ गतेसम्म संस्थापक समूहको शेयरमा आवेदन खुला गरिएको हो ।

उक्त शेयरहरु खरिद गरी बिक्री गर्न इच्छुक प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरुले ६ कार्य दिन भित्र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकमा प्रतिकित्ता रु। ३७५ र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता रु। ४६४ मा नघट्ने गरी शर्तहरु पुरा गरी आवेदन दिन सक्ने छन् । बोलपत्र आवेदन एनआइसी एशिया क्यापिटल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडका विराटनगर, बीरगंज, महेन्द्रपुल, श्रवनपथ बुटवल, हस्पिटल लाइन धरान र विरेन्द्रचोक सुर्खेत शाखा कार्यालयहरुबाट दिन सकिने छ । 

सूर्या लाईफको १ लाख १२ हजार ९९४ कित्ता र एशियन लाईफ इन्स्योरेनको १ लाख ३९ हजार ४७० कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागिएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया