काठमाडौ, सिर्जना फाइनान्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सको पुस ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुँत्ता पुँजीको १४.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा १३.५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया