भोली शुक्रबार प्रभु लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड हुने भएको छ ।
यस अघि कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो ।
कम्पनीकोे बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले भोली बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले गएको बुधबार नै प्रि अलोटमेन्ट गरेको थियो ।
उक्त आईपिओमा १० लाख ८२ हजार २२९ जनाले आवेदन दिएका थिए भने गोलाप्रथाबाट जम्मा ५ लाख ४० हजार आवेदकमात्र शेयर पाउनेछन र बाँकी ५ लाख ४२ हजार बढी आवेदकको हात खाली हुनेछ ।
प्रतिक्रिया