दुई किलो चरेशसहित दुई पक्राउ

५ बर्ष अगाडि

कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

उनीहरुबारे थप अनुसन्धान भई रहेको बताइएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया