नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले प्रदेश संगठनमा नयाँ इन्चार्जहरु तोकेको छ ।
बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाउँदै नयाँ नेतालाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
जस अनुसार प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ मा सत्यनारायण मण्डल गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल भने यथावत छन् । उनीहरु ओली समूहमै रहेकोले हटाइएको छैन ।
सो समूहले प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रतिक्रिया