ओली समुहद्धारा प्रचण्डको कार्यकारी अधिकार खाेसियाे

५ बर्ष अगाडि

काठमाडौं- नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार खाेसेकाे छ । 

केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको निष्कर्ष निकाल्दै उनको कार्यकारी अधिकार खाेस्ने निर्णय गरेको हाे । 

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले पनि संसद् विघटनको विरोध गर्दै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

तर ओली समूहले प्रचण्डलाई अध्यक्षबाट भने हटाएको छैन । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया