एजेन्सी - चिनीयाँ ई–कमर्श कम्पनी अलीबाबालाई चीनको नियामकले जाँच गर्ने भएको छ । ग्रुपको कथित एकाधिकारलाई लिएर नियामकले जाँच गर्ने घोषण गरेको हो ।
कम्पनी माथि अहिले लगातार संकटको स्थिति आइरहेको छ ।
उक्त घोषणापछि उक्त कम्पनीको शेयरमा बिहीबारको सुरुवाती कारोबारमा ७ प्रतिशतभन्दा अधिकको गिरावट देखिएको छ ।
अलीबाबा ग्रुपका संस्थापक ज्याक मा रहेका छन् ।बिहीबार हङकङको शेयर बजारमा अलीबाबा कम्पनीको शेयरमा ७.७ प्रतिशतको गिरावट देखिएको हो । उक्त शेयर इन्ट्रा डे मा ५ महिनाको सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।
प्रतिक्रिया