बितेको २४ घण्टामा थप ६१३ जनामा सङक्रमण पुष्टि, ७ सयभन्दा बढी डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा बितेको २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण भएको छ। हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८ पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया