काठमाडौँ– संसद विघटन विरुद्ध पुष १३ गते नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुष १३ गते देशभर १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्यण गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आन्दोलनका थप कार्यक्रमको तयारी भइरहेको बताएका छन्।
बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने प्रस्ताव राखेका थिए ।
नेकपाको दाहाल–नेपाल पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पनि संसद विघटनविरुद्ध देशभर आन्दोलन गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया