गृहमन्त्री थापाका राजनीतिक सल्लाहकारले साथ छोडे

५ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहका सूर्य सुवेदीले उनको साथ छाडेका छन् । 

बादल केपी शर्मा ओली समूहतिर लागेपछि उउनका राजनीतिक सल्लाहकार सुवेदीले थापाको साथ छाडेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । 

यसअघि दुवै समूहमा सहभागी नभएका थापा बिहीबार (आज) को ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएपछि थापाका राजनीतिक सल्लाहकार सुवेदीले आफू सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकामा नरहेको जानकारी गराएका हुन् । 

उनले राजनीतिक र नैतिक दृष्टिले पनि आफूले गृहमन्त्री थापाको सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकामा नरहेको फेसबुकमा लेखेका छन् । 

यो सँगै थापा पूर्वमाओवादी धारबाट पूर्णतया एक्लीएका छन् । उनी सहअध्यक्षको बार्गेनिङ्ग गर्दै ओली समूहमा लागेको स्रोत बताउँछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया