काठमाडौ, नेपाल स्टक एक्सेन्स(नेप्से) परिसचुक साताको अन्तिम दिन(बिहीबार) २९.८३ अंकको गिरावट आएको छ । आज ३ बजेसम्म आउँदा नेप्से परिसुचक १.४४ प्रतिशतले घटेर २०३८.६३ को बिन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ पनि आज दिनभरमा उकालो लाग्न सकेनन् । अन्तिम समयसम्म आउँदा ३.७४ अंकले घटेर ३८६.७६ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमध्ये व्यापार र होटल उपसमुह भने बढेका छन् । व्यापार उपसमुह १६.९७ अंकले बढेर १९७८.४३ को बिन्दु र होटल ९३.४ अंकले बढेर १९९६.३३ को बिन्दुमा पुगेको छ भने अरु १० वटा उपसमुह भने ओरालो लागेका छन ।
आज कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २०४ कम्पनिको ९८ लाख ६० हजार ५३६ कित्ता ४७ हजार ९७६ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ३६ करोड ९० लाख ४६ हजारभन्दा बढीको कारोबार भएको छ ।
अन्तिम समय सम्म कारोबारमा आएका कम्पनिमध्ये नबिल बैकले ७ लाख ४९ हजार ३२४ कित्ता शेयर ३ हजार ९१६ पटक खरिद बिक्री गर्दै ६१ करोड ४९ लाख ६५ हजारभन्दा बढीको करोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया