केपी समूहमा गृहमन्त्री थापा, निकट केन्द्रीय सदस्य सबै प्रचण्ड तर्फ

५ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओली समूह तर्फ लागेका छन् ।

स्रोतका अनुसार बादलले बुधबार राति ओली समूहमा लाग्ने निर्णय गरेका हुन् ।

यस अघि उनले कुन समूहमा जाने भन्ने निर्णय गरेका थिएनन् । 

उनी ओली समूहमा सहभागी भइरहँदा उनका निकट केन्द्रीय सदस्य सबै प्रचण्ड तर्फ लागेका छन् ।

स्रोतका अनुसार बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी लगायत सबै  केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समूहमा आइसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया