चार महिनाको छनौटपछि आइसिटी अवार्डको पाँचौँ संस्करणको ग्राण्ड फिनाले शनिवार हुने भएको छ ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘हुवावे आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले शनिवार हुने आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ ।
होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेको विभिन्न सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।
कोभिड(१९ कहरकाबीच यस वर्षको आइसिटी अवार्ड नियमित समयभन्दा ढिलो भएपनि अवार्ड अझ परिष्कृत रुपमा सम्पन्न हुने आयोजकको विश्वास छ ।
पत्रकार सम्मेलनमा अवार्डमा गतवर्षभन्दा ३ गुणा बढी नोमिनेशन प्राप्त भएको र छनौट प्रकृयाका लागि नै ४ महिनाको समय लागेको जानकारी गराइयो । २५ भन्दा बढी जुरी मिटिङ्गहरु सम्पन्न भएको आयोजकले बताएको छ ।
हुवावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विद्याहरु रहेपनि यसवर्ष एक विद्या थप गरी जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिने छ ।
अवार्ड सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ३० भन्दा बढी संस्थाहरुको सहकार्य रहेको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ ।
अवार्ड जित्नेले के पाउँछन् रु
अवार्ड जित्नेले यसपटक नेपाल सरकारबाट ५० लाख सम्मको सहुलियत ऋण, राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख सम्म विनाधितो सहुलियत ऋण, एनसेलबाट ३ लाख, अमेजनबाट ५ हजार डलर बराबरको होस्टिङ्ग, टेलिकमले एक वर्षका लागि उच्च गतिको फाइबर टु होम सेवा, ई(सेवाले विजनेश इन्टिग्रेसन र प्रवर्द्धनमा निःशुल्क सहयोग र साइवर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइवर सुरक्षाको लागि आवश्यक सहयोग गर्नेछ ।
हुवावे आइसिटी अवार्ड २०२० मा फोनपे पावर्ड वाइमा रहेको छ भने नेपाल दुरसञ्चार प्राधिकारणको विशेष सहयोग छ । यसमा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई(सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल विजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टिडिओ नेपाललगायतले सहकार्य गरेका छन् ।
प्रतिक्रिया