काठमाडौ । नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा दोहोरो अंकले घटेको छ । बिहिबार कारोबारको सुरुवात देखि नै ओरोला लागेको नेप्से २५.०१ अंकले घटेर २०४३.४५ को बिन्दुमा पुगेको छ । दुई घण्टाको अवधिमा परिसचुक १.२१ प्रतिशतले ओरालो लागेको हो ।
सेन्सेटिभमा पनि २.९७ अंकले घटेर ३८७.५४ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये सामुहिक लगानी कोष मात्र हरियोमा कायम छ भने बाँकी उपसमुह ओरालो लागेका छन ।
यस्तै दुई घण्टामा कारोबारमा आएका १९६ कम्पनिको ४२ लाख २० हजार ९९ कित्ता शेयर २२ हजार ७३४ पटक खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये नबिल बैंकले ३२ करोड ६७ लाख २४ बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया