काठमाडौं, नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकको मुद्दति निक्षेपमा पैसा राख्ने भएको छ । बोर्डले विभिन्न कोषमा भएको रकमलाई ६ महिनाका लागि मुद्दति निक्षेपमा राख्ने भएको हो । बोर्डले आज एक सुचना जारी उक्त कुृराको जानकारी दिएको हो । तर बोर्डले कति पैसा राख्ने कुृरा खुलाएको छैन ।
बोर्डले आफुले दिन सक्ने ब्याजदर सहित इच्छुक क वर्गका बैंकहरुलाई पुस १२ गतेसम्म फारम भर्ने आग्रह पनि गरेको छ ।
बैकले सोही अवधिमा नै योग्यता खुल्ने आवश्यक कागजात सहित तोकिएको मुद्द्रति खातामा फारम भरी सिलबन्दी प्रस्ताव बोर्डमा दर्ता गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया