कत्ति छ नेपालमा विदेशी पैशा ?

५ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक बर्षको पहिलो चौमास सम्ममा विदेशी मुद्रा सञ्चिती ७.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको कार्तिक सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार नेपालमा असार मसान्त सम्ममा रु १४ खर्ब १ अर्ब ८४ कारोड बराबरको विदेशी मुद्रा थियो । कार्तिक सम्म आउदा त्यो ७.४ प्रतिशतले बढेर रु १५ खर्ब ६ अर्ब ६ कारोड पुगेको हो । 
असार मसान्त सम्ममा अमेरिकी डलर ११ अर्ब ६५ कारोड रहेकोमा कार्तिक मसान्त सम्ममा ८.६ प्रतिशतले वृद्धि भएर १२ अर्ब ६५ करोड पुगेको छ ।

कुल विदेशी मुद्रा मध्ये नेपाल राष्ट्र बैंकमा असार मसान्त सम्ममा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा ८.६ प्रतिशतले वृद्धि भएर कार्तिक मसान्त सम्ममा १३ खर्ब ३२ अर्ब ६ करोड पुगेको छ । 

नेपाल राष्ट्र बैंकबाहेका अन्य बैंक तथा वित्तीय संस्थामा असार मसान्त सम्ममा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा १.० प्रतिशतले वृद्धि भई कार्तिक मसान्त सम्ममा १ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ । कुल विदेशी मुद्रा मध्ये आर्थिक बर्षको चौमास कार्तिक सम्ममा २३.२ प्रतिशत भारतिय मुद्रा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया