महासचिव पौडेललाई प्रचण्ड–माधव समूहले पदबाट हटाउने संकेत

५ बर्ष अगाडि

नेकपाको केन्द्रीय अध्यक्षबाट प्रधानमन्त्री ओलीलाई हटाएसँगै प्रचण्ड–माधव समूहले फेरी महासचिवमा विष्णु पौडेललाई हटाउने तयारी गरेको छ । 

प्रचण्ड निकट स्रोतका अनुसार पौडेललाई केहि समय पछि हटाउने तयारी रहेको बुझिएको हो । 
आज प्रचण्ड–माधव समूहले बैठक बोलाए पनि उक्त विषयमा भने छलफल नहुने बुझिएको छ । 
 ‘आज महासचिवबारे कुनै छलफल र निर्णय हुँदैन’, स्रोतले भन्यो, ‘केही दिनपछि मात्रै महासचिव चयन गरिन्छ ।’ 

स्रोतका अनुसार आजको बैठकमा पार्टी निर्देशनविपरित गतिविधि गर्ने र निर्णयको पालना नगर्ने मुख्यमन्त्रीहरुमाथि एक्सन लिने सम्भावना छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया