करेण्ट लागेर  ट्रकचालकको मृत्यु

७ बर्ष अगाडि

नुवाकोट– जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ । 
बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको होे । पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नंको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेर चालक ढुंगानाको मृत्यु भएको प्रहरी उपरिक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिनुभयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया