आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
लाभांश सुरक्षित गर्नुपर्ने कम्पनीहरुमा ३ वाणिज्य बैंक १ लघुवित्त कम्पनी र एक हाइड्रो रहेको छ । यी सबै कम्पनीहरुले भोली पुस १० गते बुक क्लोज गर्न लागेका हुन् ।
प्रभु र नेपाल बंगलादेश बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २६ मा साधारण सभा बोलाएको छ । दुवै कम्पनीको पुस १० गते बुक क्लोज हुदै छ ।
त्यस्तै, भोली बुक क्लोज गर्न लागेको एभरेष्ट बैंकलेले पुस २७ गते साधारणसभा बोलाएको छ । उता, आशा लघुवित्तले पुस २५ गते र सिनर्जी पावरले पुस २२ गते साधारणसभा आह्वान गरेको छ ।
प्रतिक्रिया