हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्टले पुस २९ मा डाक्यो नवौं वार्षिक साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं , हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले पुस २९ गते अ आव्हान गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी कम्पनीले दिएको छ । 

साधारण सभाको प्रस्तावमा आव २०७६र७७ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, स्थिति सहज भएपछि सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा निर्णय गर्ने रहेको छ ।  

साधारण सभा प्रयोजनका लागि पुस १७ गते  एक दिनका लागि बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया