काठमाडौ, नेपाल बैंक लिमिटेडले ६१ औं साधारण सभा पुस २९ गते बुधबार बस्ने भएको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैकको प्रधान कार्यालय धर्मपथ काठमाडौमा बिहाज ११ बजेबाट सभा गर्ने निर्णय गरिएको छ ।
सभा प्रयोजनको निमित्त पुस १६ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिने छ ।
यस्तै कोरोना महामारीलाई मध्यनजर गर्दै बैकले अनलाइनबाट पनि सभामा सहभागी हुने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया