संसद् बिघटनपछि चिन्तित निजी क्षेत्रका ३ संगठन एकै ठाउँ आएर भने : 'संयमतापूर्वक निर्णय लिनुस्'

५ बर्ष अगाडि

काठमाडौं – मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबाट निजी क्षेत्र निकै हतोत्साहित भएको पाइएको छ । कोरोनाले उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्र प्रभावित भएको अवस्थामा मुलुको राजनीतिक अस्थिरताले अर्थतन्त्र थप प्रभावित हुने देखिएपछि निजी क्षेत्रका व्यवसायी तथा संस्थाहरुले यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेर मध्यावधि निर्वाचनकाे घाेषणाा गरेकी थिइन् । हाल यसको चौतर्फी विरोध गरिएको छ । योसँगै अहिले मुलुक राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको निजी क्षेत्रकाे ठहर छ छ । 

निजी क्षेत्रका ३ ठुला संगठन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मसले बुधबार संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष अपिल गरेका छन् । 

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने उनीहरुको भनाइ छ । विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित भएको बताइएको छ । 

राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ । भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा यस बिषम परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया