विभाजनको मुखमा पुगेका दुवै पक्षले बोलाए केन्द्रीय समिति बैठक

५ बर्ष अगाडि

नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहले आज केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओली पक्षको बैठक बालुवाटारमा बस्नेछ भने  प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्ने छ । 

बिहिबार बिहान साढे ११ बजेबाट बबरमहलमा हुने  उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने छन् ।

प्रचण्डले ४० पृष्ठ लामो जवाफी पत्र तयार पारेका छन् र सो पत्र छलफलका लागि बैठकमा पेश गर्ने तयारी गरिनेछ।।

यसअघि हिजो बसेको नेकपा संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई निर्वाचित गरेको थियो ।

यसैबिच नेकपाको ओली पक्षीय केन्द्रीय बैठक दिउँसो १ बजे बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । ओली पक्षले बुधबार सातै प्रदेशमा मनोनित नयाँ र पुराना केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया