काठमाडौं –बीमा समितिले बुधबार सम्मको कोरोना बीमा दाबी भुक्तानीको विवरण सार्वजनिक गरेको छ ।
मंगलबार सम्ममा १५ हजार ३ सय ८१ जनाले दाबी भुक्तनी पाएका हुन् ।
बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार रकमका आधारमा रु १ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको दावी भुक्तनी भएको छ। तथ्याङका अनुसार अहिले सम्म २८ हजार २ सय ९४ ओटा आवेदनको पूर्ण रुपमा कागज पत्र प्राप्त भएको छ । त्यसमा यतिका जनाको दावी भुक्तानी भएको हो भने अन्यको प्रक्रियामा छ ।
त्यस मध्ये ७ हजार ४ सय ४१ आवेदन पठाइएको थियो । त्यसमा ३ हजार ८ सय ८६ आवेदन स्वस्थ्य मन्त्रालयले लिएको छ । ३ हजार ५ सय ५५ ओटा आवेदन भने स्वीकृतिको लागि मन्त्रालयमै रहेको छ ।
यस्तै स्वस्थ्य मन्त्रालयमा लैजानका लागि २ हजार ६ सय ८६ आवेदन तयार पारिएको छ । भने १ हजार ८ सय ९२ ओटा आवेदन योग्य नभएपछि बीमा कम्पनीहरुमा पठाइएको छ ।
प्रतिक्रिया